बिष्णु बिछोड

सानातिना झैझमेला आउँछन् अनि जान्छन्

दुइचार शत्रु बढे के भो गाउँछ्न् अनि जान्छन्

रोग अनि समस्याले कसलाई सताउँदैन?

धैर्य राखे यिनैले हिम्मत बढाउँछ्न् अनि जान्छन् । 

                        .........

परिआए सेवामा छौँ डराउन हुन्न हजुर

धैर्य धारण गर्न सिकौं बर्बराउन हुन्न हजुर

सावधान ! सावधान !! सुरक्षित भै घरमै बसौँ

कोभिड रोग बढी रा´छ भिड गराउन हुन्न हजुर
                        .........