गजल


अझै बद्लिन्छ कि , भन्ने आश छ

ढुङ्गा पग्लिन्छ कि, भन्ने आश छ।

भिजे पात पत्कर वर्षातले
आगो सल्किन्छ कि भन्ने आश छ।

भावीले खै के लेखे यो निधारमा
भाग्य चम्किन्छ कि, भन्ने आश छ ।

यही बाटो हुँदै धेरैले हिँडे
कोही फर्किन्छ कि, भन्ने आश छ ।

भक्कानिदै म रुदा चिच्याउँदा
मुटु चर्किन्छ कि, भन्ने आश छ ।

पापी डढेलोले बस्तीनै खायो
पानी बर्षिन्छ कि, भन्ने आश छ ।

बिर्सियो निष्ठुरीले माया मेरो
फेरि सम्झिन्छ कि, भन्ने आश छ ।
            ***