समर्पण
रमेश भट्टराई पूजारी 

"छोराबुहारी अमेरिका गएपछि यो जीवन नमीठो लागिरहेको थियो ।"

विदूषीले कुरा निकालिन् । "मेरा छोराबुहारी त झन् पहिले नै अष्ट्रेलिया गएका हुन् ,हामी दुई जना मात्र नेपालमा थियौं ,जब उनी पनि मलाई छोडेर गईन्, एक्लो भएपछि संसार नै अँध्यारो लागिरहेको थियो । आज चैं मनमा उमंग छाएको छ " विद्वान् शास्त्रीजीले विदूषीलाई अँगालो हालेर गाला जोडे । "हो त एक्लै हुनुको पीडा मैले त झन् कति भोगेकी छु ।" विदूषीले पनि गाला जोडिन् । "यस्तो उमेरमा त जोडी नछुटोस् , हगि ? - शास्त्रीजी । "हो नि अनि तपाईंको उमेर चै कति हो ?"- विदूषीले गाला जोडेर नै सोधिन् । "म त चौसट्ठी भएँ अनि आफू चैं ?"शास्त्रीजी । "म चाहिं साठीमा हिंड्दैछु । एउटा छोरा जन्मेपछि बुढाले छोडेर गए ,छोराको मुख हेरेर बसें ,छोराले विवाह गर्यो , विवाह गरेपछि छोराबुहारीले नै छोडेर गए । मन शान्तिको लागि मठ मन्दिर ,तीर्थ , व्रततिर लागें ,त्यहाँ पनि शान्ति महसुस नभएर चारधाम यात्राको लागि निस्केको थिएं ,तपाईंसँग भेट भयो " - विदूषीले मनको कुरा खोलिन् ।
"मेरो पनि एक्लो जीवन सुखमय थिएन ,म पनि वैरागी भएर शान्तिको लागि तीर्थयात्रामा निस्केको थिएँ पूर्व र पश्चिमको मान्छे मिलन गराउने धन्य छ हाम्रो तीर्थयात्रा ।" विद्वानले आँशु नै झारे । विदूषीको पनि आँखामा आँशु थियोे । विद्वानले धर्मशास्त्र सम्झिए - "प्रत्येक रजस्वला पछि नारीहरु गंगा नदी जस्तै पवित्र हुन्छन् । " 

त्यसपछि विद्वान् शास्त्रीजीले विदूषीको ओठमा आफ्नो ओठ जोडे अनि मायामा हराए । 

                                            +++