कहाँबाट आयो कुन्नि कसले के गरायो
कोरोनावतारदेखि सबै डरायो ॥१॥
अघि पछि पनि रूघा खोकी जरो आउँथ्यो
आज जरो आउँदा किन सारै सतायो ॥२॥
मानिस हो संसारमा चमत्कार गर्ने
आज किन मानिसले मानिस भगायो ॥३॥
हिजो अस्ति पनि कैयौं मानिस यहाँ मर्थे
आज कोही मर्दा किन मुटु कमायो ॥४॥
जथाभावी नगर है होशियार बन
त्यसै गर जसो चिकित्सकले बतायो ॥५॥
निराशको भाव त्यागी आश जगाऊ
दीर्घाजीवी उही जसले आश जगायो ॥६॥
कोरोनावतारलाई जित्छ जित्छ है
उसले जित्छ जसले आत्मबल बढायो ॥७॥
मर्नुभन्दा पहिले नै खुट्टा नतन्काऊ
यही सन्देश ईश्वरले आज पठायो ॥८॥
~
~

4
Post a Comment
Post a Comment
email : prakashadipt@gmail. com