हजारौँ घाटको पानी
पिउनेले घैँलालाई हेला गर्नु
स्वभाविक हो ।
स्वभाविक हो ;
नूतन समयको नवीन सपनामै अल्झिरहनु।
रंगहीन छु म पानी नभन
म तिम्रो प्यास मेट्न असक्षम छु ।
मलिलो त छु म, माटो नभन
म तिम्रो प्रेम पोस्न सक्दिनँ ।
बेकाबु छु म, आँधी नभन
म तिम्रो सपना बिथोल्न सक्दिनँ ।
म त्यो कुवा हुँ जो
जमाएर आँसुको धारा
खोजिरहेछ त्यहिँ मान्छे
जो अपरिचित भै गएको छ पिएर
सपनाको आलो रगत
म समक्ष तिमी आउनु भनेको तिम्रो
प्यास मेटिनु होइन्
लुटिएको घरको जालोमा पुतली फस्नु जस्तै हो ।
म समक्ष तिमी आउनु भनेको
तिम्रो चाहाना/भावना/सम्भावना/समर्पण
सबै-सबै डुब्नु सरह हो ।
तिमी यस्तो ठाँउमा आउन खोज्दै छौ
जहाँ, तिम्रो मर्जी चल्न समेत तिमीले
दशपटक सोच्नु पर्छ ।
म प्यासी कुवा हुँ
मेरो प्यास मेटाउन तिमी नभए पनि पुग्छ
तर तिम्रो प्यास मेट्न मलाई नै हम्मेहम्मे पर्छ ।
त्यसैले भन्दैछु ;
डुबेको डुंगामा तैरिने चेष्टा नगर नत्र तिमी पनि डुब्छौ
र डुबे पछि निस्कन सजिलो कहाँ छ र
जहाँ, झिनो आशा समेत तिर्खामा परपर सर्छ
तिमी भने वरवर नसर --
बिन्ती मलाई मेरो हाल मै छोडि देउ;
मलाई घाटघाटको पानी चाख्ने रहर छैन
मलाई त घैँलामा नै आश्रित हुनु छ
ऊ रहे पनि नरहे पनि !
=========
1 Comments
मीठो कविता
ReplyDeletePost a Comment
email : prakashadipt@gmail. com