![]() |
प्रकाश गफाडी |
मुक्तकहरु
फलेको हाँगो लर्किन्छ कि पर्खिबसेको छु
मायाको झरी दर्किन्छ कि पर्खिबसेको छु
दिन र रात गन्दा गन्दै बाह्र वर्ष बित्यो
अब त खोला फर्किन्छ कि पर्खिबसेको छु॥
+++
सम्मान गर्नेले सधैं सम्मान विशेष पाउँछ
सानै भए'नि राम्राले बखान विशेष पाउँछ
गलामा झल्किने सिक्री दाम्लो समान भए'नि
झुण्डेको सानो लकेटले स्थान विशेष पाउँछ ॥
+++
यो दिल दुखेको ओखती कसरी गर्ने होला?
मायामा मीठो प्रगति कसरी गर्ने होला?
हजुर सामु केही कुरा भन्नै सक्दिन म
यौटा भद्रसहमति कसरी गर्ने होला??
+++
के कस्तो छ मुढो गिँडाई बाटै थाहा हुन्छ
कस्ले मार्छ बाजी भिडाई बाटै थाहा हुन्छ
धेर थोर अन्दाज त म पनि गर्न सक्छु
कसैकसैका असन्तुष्टि हिँडाइ बाटै थाहा हुन्छ॥
+++
भत्काएर आफ्नै छानो, खामा बेच्ने पो रहेछन्
चेलीकै शरम ढाक्ने जामा बेच्ने पो रहेछन्
जस-जसलाई विनाशर्त देश बनाउन पठायाैँ
चोक्टाचोक्टा पारीकन आमा बेच्ने पो रहेछन्॥
+++
Post a Comment
Post a Comment
email : prakashadipt@gmail. com