एम विष्ट

शान्ति भूमि नेपालमा यही हो चमत्कार अन्यायमा परे जनता सुन सरकार। नारीहरुको मर्म बुझ्ने देशको राष्ट्रपति नसुनी झैं गरे तिनले अबलाको चित्कार। छोरी पनि स्कुल जान्छन् शिक्षा हासिल गर्न दिनदहाडै छोरीहरुको हुन्छ बलात्कार। भयो देशको संविधान त कागजको खोस्टो न्याय नपाई ज्यूँदै मरे रहेछन् नि धिक्कार। पद पावर पैसा शक्ति त्यसमै लिसो लागे स्वार्थमा मौलाई रह्यो दिनहुँ भ्रष्टाचार।                 +++