भुवन शिवाकोटी “चौघरे”


अक्सर प्रकृतिले दिएका असमान जिम्मेवारी छोडेर अरु कुराहरूमा गहिरिदा नारी र पुरुषमा अनुत्तरित व्यथा देख्छु म हुनपनि आधा आधा गाँस बाँडेर पूर्ण गाँस खाइन्छ आधा आधा टेकेर सिँढीमा पूर्ण पाइला टेकिन्छ हरपलका पाइलाहरू समदुरीमा टेकिन्छ पीडा समान व्यहोरिन्छ हरेक मुस्कानमा उस्तै खुसी देखिन्छ सायद केही फरक छैन हामीमा सम्पत्ति आत्मसम्मान अभिमान प्रेम दया र करुणामा सायद स्वार्थहरू फरक छन् ऊ नारी हो शृंगार नै रुचाउँछे समान दृष्टिमा उभिएको भएपनि समान इच्छामा खेलिएको भएपनि अभावहरूमा सधैं आफुलाई अपहेलित नै सम्झिन्छे शोषित नै सम्झिन्छे उत्पीडित नै सम्झिन्छे म पुरुष उसका सौन्दर्य पोतिएका अनुहार अगाडि आफ्नै फाटेका कुर्कच्चा आफ्नै च्यातिएको टोपी हत्केलाभरि उठेका पहाडजस्ता ठेलाहरू खस्रा आँखाले हेरिरहन्छु र अनुत्तरित उसका गुनासाहरू पीडक बनेर सुनिरहन्छु । २०७८ जेठ १३ काठमाडौ