प्रत्येक तप्काइमा
म पनि महकिंदै जान्छु
थाहा पाउँदिन कतिखेर
निथ्रुक्क भैसकेको हुन्छु
तर पनि त्यो भिजाइमा
म कत्तिपनि विचलित हुन्नँ
चिसिन्न म ,
सायद प्रत्येक स्पर्श
अझ न्यानो महसुस गराउँदै जान्छ।
समयान्तरमा
तिमी आफैं चिसो
महसुस गर्छ्यौ होला-
हुनसक्छ मेरो प्रेमले
अनि,
शर्मिलो पारामा
स्निग्ध घुम्टोभित्र
आफैंलाई लुकाउन थाल्छ्यौ
म पनि
उसैगरी
तिम्रो स्नेहको बाहुपासमा
कैदीझैं
गुडुल्किन
आइपुगिहाल्छु।
©अदीप्त प्रकाश
Post a Comment
Post a Comment
email : prakashadipt@gmail. com