उडान
हाँगाबाट पारिजातको थुङ्गा
सरक्क झरेजस्तै -
साइतको टीकामा निधारदेखि बाको हात
सगुनको दहीसँगै आमाको स्पर्श
बिदाइको आलिङ्गनमा संगिनीको न्यानोपनसँगै
बिस्तारै छुट्दै गए -
घरको दैलो
आँगन
गाउँ
बस्तीहरु ।
सुरक्षा जाँचमा गलाको माला छुटेसँगै
छुट्दै गए -
आफन्तहरु
सँगातीहरु
परिचित मुहारहरु ।
+++++++++++++
यो जहाजले मलाई मात्र
परदेश छोडेर फर्किएछ -
मेरो मन त स्वदेशमै छुटेछ ।
+++
©अदीप्त प्रकाश