अदीप्त प्रकाश 
तीन मुक्तक 

 


घामसँग खेलूँ अनि बताससँग मारुँ म साउती

जूनसँग बोलूँ अनि झरीले लगाओस् काउकुती

मग्नमस्त हुन्छु वसन्तको आगमन हुँदा समीप

केही लज्जा केही खुसी बादलमा उडेको अनुभूति ।

                    +++

सिमसिमे झरी पर्दा तिमीलाई सम्झिन्छु

गुलाबको फूल झर्दा तिमीलाई सम्झिन्छु

कुनै यस्तो पल छैन तिमीलाई बिर्सिने

ढुकढुक मुटु गर्दा तिमीलाई सम्झिन्छु ।

                 +++

घुम्टो पो उघ्रियो कि चम्कियौ नि सार्है

टाढा पो पुग्नु छ कि लम्कियौ नि सार्है

चन्द्र पो झुल्कियो कि मुस्कायौ कि तिमी

त्यो रूपको ज्योतिले झल्कियौ नि सार्है ।

            +++